Posts

False ceiling items

Image
 

Gypsum Board Design

Image
 
Image
  नेपालमा पछिल्ला दिनहरुमा फल्स सिलिङको प्रयोग बढ्दो क्रममा छ । घरको सजावटमा फल्स सिलिङको विशेष महत्व रहन्छ । विगतका दिनहरुमा फल्स सिलिङको प्रयोग सम्बन्धमा मानिसहरुमा त्यति चासो रहेको पाईंदैनथ्यो । उसो त नेपालमा उत्पादन नहुने फल्स सिलिङ लगायतका सामानहरु सहज रुपमा उपलब्ध हुन नसक्नु पनि एक कारण हुन सक्छ । साथै यी सामानहरु व्यावसायिक प्रयोजनको लागि नेपालमा नभित्र्राइनुले मानिसले चाहेर पनि सहज रुपमा फल्स सिलिङ उपलब्ध हुने अवस्था थिएन । तर पछिल्ला बर्षहरुमा भने नेपालमा फल्स सिलिङको प्रयोग सम्बन्धमा मानिसहरुमा आकर्षण बढ्दै गएको छ । आफूले तत्कालको लागि भन्दा पनि दीर्घकालिन रुपमा फल्स सिलिङको बजार राम्रो हुन सक्ने देखेर नै यस ब्यासय सन्चालन सुरु भयो | खासगरी २०७२ को भूकम्प पश्चात् नेपालमा प्रिफ्याब घरहरु बन्ने प्रचलन निकै नै बढ्यो । प्रिफ्याब घरहरु बनिसकेपछि त्यसमा पार्टिसन र सिलिङ अनिवार्य जस्तै बन्यो । जसले गर्दा हाम्रा प्रडक्टहरुको माग निकै बढ्न गयो । त्यसपहिले नेपालमा पार्टी प्यालेस तथा केही व्यावसायिक भवनहरुमा मात्र प्रयोग गरिने फल्स सिलिङ अहिले नेपालका अन्य घरायसी प्रयोजनमा पनि व्यापक प्